Bagmati Samachar Logo

एक क्विन्टल सुन बरामद प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट कम्तीमा एक क्विन्टल सुन बरामद गरेको थियो । उक्त प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान विभागको टोलीले भर्खरै ट्रान्स ग्लोबल सर्भिसका अर्का सञ्चालक कृष्णकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । विभाग स्रोतका अनुसार, उनलाई कोटेश्वरबाट पक्राउ गरिएको हो । केहि समय पहिला दुई जनालाई पक्राउ गरेको थियो । जसमा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन्