Bagmati Samachar Logo

सुन मालिक चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । बुधबार पक्राउ परेको सुन मालिक चिनियाँ नागरिक पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले बुधबार ठूलो परिमाणमा सुन बरामद गरेको थियो । सो सुनका मालिक चिनियाँ नागरिक लिङ चुवान पक्राउ परेको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ ।

उनी नेपाल छोडेर बाहिर जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनलाई प्रहरीले त्यहिबाट पक्राउ गरेको हो । विभाग स्रोतले उनी सुनका मालिक भएको दाबी गरेको छ । यस्तै यही प्रकरणमा चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।

यसअघि यो प्रकरणमा एक जना भारतीय नागरिकसहित पाँच जना पक्राउ परेका थिए । राजकुमार भुजेल, दीलिप भुजेल, हर्क राई, राजेन्द्र राई र भारतीय नागरिक थोप्तेन छिरिङ पक्राउ परेका थिए ।

योसहित यसप्रकरणमा सात जना पक्राउ परेका छन् । हङकङबाट प्यासेफिक क्याथे एयरको विमानबाट कार्गो गरी नेपालको रेड ट्रेड कम्पनीको नाममा सामान ल्याइएको थियो ।