त्रिभुवन विमानस्थलबाट हिजो राती समातेको सुनका एजेन्टसहित छ जना पक्राउ

काठमाडौं । ३ गते राती त्रिभुवन विमान स्थलबाहिरबाट राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद गरेको थियो । उक्त सुन प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेको राजस्व अनुसन्धान विभागकले जनाकारी दिएको छ ।
पक्राउ परेकाहरूको आधिकारिक रूपमा पहिचान खुलाइएको छैन । उक्त प्रकरणमा संलग्न व्यक्तिको खोजी जारी रहेको विभागले जनाएको छ ।
गए राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।
विभागले हिजो नै दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको बताइएको छ । सुन हङकङबाट ल्याइएको खुलेको हो। नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।
प्रतिक्रिया दिनुहोस्: