प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
बुधबार दिउँसो ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले समकक्षी प्रचण्डकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।

उनले भनेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रधानमन्त्री प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: