Bagmati Samachar Logo

क्रान्तिकारी स्ववियु काउन्सिल संयोजकमा रेशमलाल श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी सँगठन अनेरास्ववियु (क्रान्तिकारी) को स्ववियु काउन्सिलको तेस्रो राष्ट्रिय भेलाले संयोजकमा सानोठिमि क्याम्पस भक्तपुर सभापति रेशमलाल श्रेष्ठलाई चयन गरेको छ ।

भेलालले सहसंयोजकमा सितल क्याम्पस चौरजहारी रुकुमपश्चिमका सभापति निराजन केसी र सचिवमा मकवानपुर बहुमुखी क्याम्पस सभापति छईसाङ् लामालाई चयन गरेको छ ।

यसैगरी प्रदेश संयोजकहरु कोशी प्रदेश सिमान्त लुइँटेल , मधेस प्रदेश जयकृष्ण यादव, बागमती प्रदेश राजेन्द्र पनेरू , गण्डकी प्रदेश निसाना मगर, लुम्बिनी,प्रदेश(हरेन्द्र बिक ,कर्णाली प्रदेश हिक्मत सिंह, सुदुरपश्चिम(प्रेम सहकारी र उपत्यका विशेष प्रदेश अभिषेक थापा सहित ५७ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत चयन गदै भेला सम्पन्न भएको छ।

स्ववियु काउन्सिल भेलालाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । भेलाको दोस्रो दिन पार्टी महासचिव देव गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत लगायत नेताहरुले प्रशिक्षण दिएका थिए । गत वर्ष चैत्रमा सम्पन्न स्ववियु चुनावमा कर्णाली र बागमति प्रदेशमा पहिलो संगठन हुँदै अखिल (क्रान्तिकारी) बाट देशभरी ८३ क्याम्पस सभापति ,३२४ पदाधिकारी र सदस्य सहित ८५१ जना निर्वाचित भएका थिए।