जुम्ला घटनाः बालिका वेपत्ता पार्दा पनि बोली दिने कोहि भएन, मिडियाले हाम्रै खेदो खन्यो
काठमाडौं । केहि दिन देशभरीका संचार माध्याममा अन्र्तरजातिय विवाह गरेको निहँुमा घरमा आगोलगाएको भन्दै समाचार आइरहेका छन् । केहि पार्टीका भातृ संगठनहरु र मिडियाले समाचारमा अन्र्तरजातिय विवाह भन्दै १४ वर्षिया बालिकाको विवाह गराइ दिएको भन्दै बालिकाका घरपरिवारले खेद प्रकट गरेको छन् ।
आज जुम्ला बजारमा पत्रकारसँग भेटघाट कार्यक्रममा यहि असार १२ गतेको घटनाको एक पक्षिय पाटोबाट र बालिकाको नाम राखेर समाचार र विभिन्न संगठनहरुले विज्ञप्ती प्रकाशन गरेको प्रति आपत्ति जनाएका छन् ।
नाबालिकाकी दिदि निशा गिरीले जुम्ला बजारमा बिहिवार पत्रकार भेटघाट गरी घटनाको बारेमा जानकारी गराएकी छन् । उनले पत्रकार भेटघाट गरेकी छन् ।
मेरी बिरामी आमाको लागि औषधी लिन भनी मिति २०८० असार १२ गते दिउसो अन्दाजी ४ बजे समयमा घरबाट हिडेकी बैनी अवेलासम्म घर फर्कि नआए पछि खोजी खवर गर्दा कतै केही थाहा नभए पछि मेरो बुवा र अंकल एैरेनीमा रहेको प्रहरी चौकीमा छोरी हराएकोले खोजी गरिपाउँ भनी पुगेको र प्रहरी भोली आएर निवेदन दिनु भनी भने पछि घर आएका उनले पत्रकसंग बताइन् ।
१३ गते प्रहरी चौकी पुग्दा जिल्लामा गएर निवेदन गर्नु भने र बुवाले छोरी खोजी पाउँ भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनु भएको निशा गिरीले बताइन् ।
औषधी लिन भनी घरबाट हिडेको १४ वर्षको छोरीको घर नफर्केपछि खोजि गर्यौ । १३ गतेसाझ ७ वजे तिर तातोपानी गाउँपालिका ४ को पाण्डे बाडाको देवदिहारको रुख नजिकै मुकेन्द्र नेपालीले कुटपीट गरेर लछारपछार पारेको त्यही खेलिरहेका बच्चाहरुले भने पछि घटना बाहिर आएको थियो । त्यसबारेमा के हो भनेर खोजी गर्दा आज ८ दिन पुरा भईसक्दा पनि मेरो बहिनीको अवस्था के छ केहि जानकारी नभएको निशा गिरीले बताइन् । उनले भनिन्, ‘यहाँ अन्र्तजातीय बिहे भनेर हल्ला फैलाईएको छ । १४ वर्षको नाबालिकाको विवाह हुन्छ ? विवाह भएको हो भने कहाँ कसले विवाह गराएको हो जानकारी चाहियो ? होइन भने १४ वर्षकि नाबालिको विवाहलाई वैधानिक बनाइरहेका छन् मिडिया र कसैका भातृ संगठन । हामी गरिब र कमजोर भएकाले न्याय नपाउनु पर्ने । बालात्कृत हुनु पर्ने अपहरण हुनु पर्ने हो ?’
पत्रकारहरु आवाज बिहिनहरुको आवाज हो भनेर भनिन्छ । जुम्लामा नाबालिकाको मुद्दालाई अन्र्तजातिय रुप दिएर बैधानिकता पत्रकारले समाचार लेखेर आफूहरुलाई पिडामाथि थप पिडा दिएको बताइन् । उनले भनिन्, ‘हामी जस्ता निमुखाको बारेमा कहिले बुझ्ने ? केहिले पिडितको पक्षमा लेख्नु हुन्छ । तपाईहरुका समाचारले पीडितलाई झन पीडा दिनु भएको छ । एक पटक कम्जोर र गरिवहरुका पीडा पनि बुझि दिन अनुरोध गर्दछौं ।’
यसै घटनालाई जोडेर घर जलाईएको आरोपमा मेरो भाई अहिले प्रहरी हिरासतमा छ । यदी उ बाट त्यस्तो कार्य भएको भए कानुन बमोजिको कारवाही होस तर बालिको न्याय मार्नका लागी अन्र्तजातिय बिवाहको भनिनु कानूनको विरुद्ध रहेको गिरीले बताइन । हामीले कहिले पनि जातिए बिभेदको कुरो नगरेको र कानुनले निषेध गरेको काम आफूहरुबाट हुनपनि नहुने बताइन् ।
‘अपराध मैले गरे पनि अरुले गरे पनि कानुन बमोजिम सबैलाई कारवार्ही हुनु पर्छ । आफ्नाले गरेको अपराध लुकाउन अन्र्तजातिय विवाहको प्रपन्च रचिएका छन,’ उनले भनिन् , ‘हुदै नभएको आरोप लगाएर हल्ला फिजाइएको छ । १, २ वटा मिडियामा आबद्ध पत्रकारहरु बाहेक बाँकी सबै मिडियामा आबद्ध पत्रकारहरुले पिडित को हो भनेर नछुट्उदा हामी जस्ता निमुखाको पक्षको न्याय ओझेलमा परेको महशुस भएको छ । मेरो बहिनी वेपत्ता छ । हामीलाई नै अपराधी बनाइएको छ । यो भन्दा अन्याय के हुन्छ ?’
पत्रकार भेटघाटमा बालिकाकी आमा जयलक्ष्मी गिरीले यो घटनाले आफ्ना घर परिवारमा गहिरो चोट पुगेको बताइन । उनले राजनीतिक दलका भातृ संगठनहरुले निकालेको विज्ञप्तीमा आफ्नो छोरीको नाम सार्वजनिक गरेर , १४ वर्षको बालिकाको विवाह भयो भनेर गोपनीयता भंग गरेको बताइन् । उनले भनिन् , ‘म बिरामी मान्छेले छोरीलाई कुटपीट गरेर लछारपछार पारेको घटना खेलिरहेका बच्चाहरुले बताएपछि व्यहोस भए छु । व्यहोस हुदा नदिमा परेकी रहिछु । तर मललाई छोरीले अन्र्तजाति संग बिहे गरेकाले नदिमा हाम फालेकी भनि गलत्त भ्रम फैलाइएको रहिछ । यो हल्ला जसले फैलाइएको भएपनि गलत्त नियतले फैलाइएको छ ।’
त्यस्तै बालिकाका परिवारले यहि १२ गते साँझको समय देखि बेपत्ता बनाइकी बालिका खोजी कार्य गरिदिन प्रहरी प्रशासन लगायत सरोकारवाला सबैलाई पत्रकार भेटघाट मार्फत अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: