चोरी गरेर मासिक ६० हजार अपार्टमेन्टको भाडा तिर्ने प्रेमी जोडी प्रहरी फन्दामा

काठमाडौं । चोरी गरेर अपार्टमेन्टको भाडा तिदै आएका प्रेमी जोडीलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शनिबार काठमाडौंको कलंकी नजिकै रहेको सोल्टी सिटी अपार्टमेन्टबाट काठमाडौं १ नक्सालका ३९ वर्षीय सुवोध श्रेष्ठ र उनकी प्रेमिका काठमाडौं १६ की १९ वर्षीया रोशनी महर्जनलाई पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय सामुन्नेबाट ल्यापटपहरू चोरी गरेको आरोपमा पक्राउ गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धीबिक्रम शाहले जानकारी दिए ।
लिभिङ टुगेदर बस्ने गरेका उनीहरूले विभिन्न ठाउँमा चोरी गर्दै हिँडेको खुलेको छ । श्रेष्ठ यसअघि समेत चोरी मुद्दामा जेल परेर छुटेको खुलेको छ । केही समय आफ्नै कम्प्युटटर पसल चलाएका श्रेष्ठले पछिल्लो समय पसल छोडेर चोरी कार्यमा लागेको खुलेको छ ।
उनीहरूले चोरी गरेको सामान हाम्रो बजार डट कममा हालेर बेच्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूले चोरी गरेकै पैसाले अपार्टमेन्टलाई मासिक ६० हजार भाडा तिरेर खाने बस्ने गरेको खुलेको छ ।
प्रहरीले उनीहरूबाट ११ वटा ल्यापटप, मोबाइल र अन्य आईटीका सामानहरू बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: