मोर्चा बनाएको भए नेकपा एकता टिक्थ्यो कि फड्केर पार्टी एकता गर्दा टिकेन : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले माओवादीबीच हतारमा पार्टी एकता गर्दा छिटै विभाजन भएको बताएका छन् । सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । उनले मोर्चा कसैको विपक्षमा नरहेको दाबी गरे ।
यो मोर्चा कुनै परिवर्तनका पक्षधर, गणतन्त्रका पक्षधर, उत्पीडित जाति समुदायका विरुद्ध नभएको बताए । प्रचण्डले नेकपा विभाजन हुनुलाई दुर्भाग्य बताए । जनताको र आम कार्यकर्ताको अपार समर्थर उत्साहको बाबजुद नेकपा बचाउन नसेकोमा पश्चात गरे र आत्मसमिक्षा गर्नु पर्ने पनि बताएका थिए ।

हिजोको अनुभवबाट पाठ शिकेर मोर्चा घोषणा गुरेको प्रचण्डको दाबी थियो । प्रगतिशिल, परिवर्तनगामीको पक्षमा काम गर्नलाई र प्रतिगामी विरुद्ध लड्न मोर्चा बनाएको दाबी गरे । उनले भने, ‘यो मोर्चा प्रतिगामी र सामन्तका विरुद्धको लडाई लड्न तयार पारेको हो । परिवर्तनलाई उल्टाउन चाहनेका विरुद्ध हो ।’
संसदमा पुगेका दलहरुमा अलि अलि फोहर मैला जमेको भन्दै अब विप्लवजी आएपछि त्यो पनि सफा हुने दाबी गरे । केहि प्रतिगामीहरुले शान्तिप्रक्रिया भाँड्ने काम गरेकाले यो मोर्चा डटेर त्यसको प्रतिरोध गर्ने प्रचण्डले बताए । उनले भने, ‘केहि शक्तिहरु शान्तिप्रक्रियालाई उल्ट्याउने, शान्ति प्रक्रियाको गलत ढंगले व्याख्या गर्ने गरेकाले त्यो शक्तिलाई मोर्चाले सफल हुन दिदैन । मोर्चाले शान्ति प्रक्रिया पुरा गर्ने छ ।’
उनले नेकपा टिक्न नसक्नुमा सबै समीक्षा गर्नुपर्ने पनि बताए । ‘कहाँ त्रुटि गर्यौ समीक्षा गरौँ । मलाई कहिलेकाहीँ लाग्छ–पार्टी एकता गर्न पो हतार गरेछौ कि ? मोर्चा गठन गरेर एकता गर्ने उद्देश्य राखेको भए सफल हुन्थ्यो कि यो सोच्नुपर्ने प्रश्न छ’, प्रचण्डको भनाइ छ ।

उनले मोर्चाको बाटोबाट नगएर फड्केर जाँदा दुर्घटना भएको भन्दै अग्रगमनका पक्षमा रहेका दलहरूलाई मोर्चामा सहभागी हुन आग्रह गरे । प्रचण्डले हिजो नेकपाको समेत स्मरण र तितो अनुभव ख्याल गर्दै समाजवादी मोर्चा गठन गरेकाले अब आफूहरूको सफलतालाई कसैले रोक्न नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्: