गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८० । ०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसेको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।
कुल बजेटमध्ये चालुखर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.०१ र पुँँजीगततर्फ २०अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात ६०.०४ प्रतिशत बजेट विनियोजन गरेका हुन् ।
यसअघि चालु आर्थिक २०७९र८० वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । यसआधारमा आगामी वर्षको बजेट झण्डै ४ अर्बभन्दा बढी घटेर आएको छ ।
प्रतिक्रिया दिनुहोस्: