Bagmati Samachar Logo

त्रिभुवन विमानस्थलअगाडि गोली चल्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि प्रहरीले गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको शान्तिमार्गमा विकास भगतमाथि गोली प्रहार गरेको हो ।

लागुऔषध ओसारपसारमा संलग्नलाई भगतलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी गोविन्द थपलियाले जानकारी दिए । उनका अनुसार पक्राउ गर्न गएको प्रहरीको टोलीमाथि भगतले आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर भगत घाइते भएका छन् । घाइते भगतलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको एसएसपी थपलियाले बताए । भगतको साथबाट प्रहरीले १०० ग्राम खैरो हिरोइन नियन्त्रणमा लिएको छ । घटनाबारे थप विवरण भने आउन बाँकी छ ।