Bagmati Samachar Logo

एमालेका केन्द्रदेखि पालिकासम्मको पार्टी हाँक्ने जिम्मा पाएका नेतृ (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले पार्टीका महिला केन्द्रीय सदस्यहरुलाई केन्द्रदेखि पालिकासम्म इन्चार्जको जिम्मेवारी दिएको छ । १९ जेठको एमाले सचिवालय बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गर्ने क्रममा उनीहरूलाई प्राथमितामा राखेको छ । राष्ट्रिय महिला अधिकार दिवसका दिन एमालेका पूर्वजनप्रतिनिधि महिलाहरूको गुनासो थियो– हामी माओवादीका पूर्वलडाकुजस्ता भयौँ ।

यसअघि जनप्रतिनिधिको रूपमा काम गरेका महिलाहरूले गुनासो पोख्ने क्रममा पार्टी कार्यालयमै पुगेर नेता भेट्न खोज्दासमेत वास्ता गरिँदैन भनेर आक्रोश पोखेका थिए ।

माओवादीको वर्चश्व भएको रोल्पामा इन्दिरा घर्तीले इन्चार्जको जिम्मेवारी पाएकी छिन् भने त्यही जिल्लामा माओवादीको अति प्रभावित थवाङ पालिकामा पनि महिलालाई नै नेतृत्व दिइएको छ ।

कोशी प्रदेशको एमालेको प्रभाव जिल्ला इलाममा शिवमाया तुम्बाहाम्फेलाई इञ्चार्ज बनाएको एमालेले कास्कीमा थममाया थापालाई जिम्मा दिएको छ । अनि, श्रीमाया थकालीलाई पर्वतको इञ्चार्ज तोकेको एमालेले विद्या भट्टराईलाई बुद्धिजीवी फाँटको जिम्मा दिएको छ ।

नयाँदेखि पुराना अनुहारका नेतृलाई एमालेले इञ्चार्ज बनाएर भूगोलमा पठाएको छ । सुनिता बराल, उषाकिरण तिम्सिना, नविना लामादेखि कोमल वली, निरु दर्लामी, भारती पाठकसम्मले जिम्मेवारी पाएका छन् ।

एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा उल्लेख भएअनुसार एमालेको केन्द्रीय कमिटीमा रहेका नेतृमध्ये १०१ जनाले इञ्चार्जको जिम्मा पाएका छन् । यसरी हेर्दा सबैभन्दा बढी महिलालाई जिम्मेवारी दिने पार्टी एमाले बनेको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य सीता पौडेल, विन्दा पाण्डे, थममाया थापा, शिवमाया तुम्बाहाम्फे, पोलिटब्युुरो सदस्य सुजिता शाक्य, ज्वालाकुमारी साह, मन्जु चौधरी, जुलीकुमारी महतो, गौरी वली, पूर्वविद्यार्थी अध्यक्ष तथा केन्द्रीय सदस्य नविना लामा, सुनिता बराल, रचना खडकालगायत नेतृहरू केन्द्रदेखि पालिकाको इञ्चार्ज तोकिएका छन् ।

एमालेले गरेको नयाँ कार्यविभाजनमा प्रदेशको इञ्चार्जमा सचिवहरू र जिल्लाको इञ्चार्जमा स्थायी कमिटी, पोलिटब्युरो र अपुग भएको स्थानमा सांगठनिक अनुभव भएका केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिएको छ । नयाँ कार्यविभाजनमा अधिकांश केन्द्रीय सदस्यहरूलाई कुनै न कुनै तहको भूगोलको जिम्मेवारी दिइएको छ । यो केन्द्रीय कमिटीको बैठकबाट केन्द्रीय नेताहरूको भूगोल र फाँटबाट सहइञ्चार्ज र विभागहरूबाट उपप्रमुखको व्यवस्था पनि हटाएको छ ।

नयाँ कार्यविभाजनअनुसार प्रदेश, जिल्ला, पालिका इञ्चार्जको जिम्मेवारी फरक जिल्लाका नेताहरूलाई दिइएको छ । प्रदेश, जिल्ला र पालिका इञ्चार्जले मिसन ग्रासरुटका क्रममा पहिचान भएका समस्या समाधान गर्नुपर्नेछ । एमालेले २०७९ फागुन ५ देखि २०८० वैशाख ९ गतेसम्म ‘मिसन ग्रासरुट’ चलाएको थियो । जसमा सबैभन्दा बढी पार्टी नेतृत्वको आलोचना भएको थियो । त्यही भएर पनि एमालेले फरक प्रदेश, फरक जिल्लाबाट इञ्चार्ज खटाएको छ ।

हेर्नुस्, कुन नेतृले के जिम्मेवारी पाए

१. अष्टलक्ष्मी शाक्य उपाध्यक्ष, राजनीतिक समन्वय संयोजन– सामाजिक विकास सम्बद्ध विभागहरू

२. पद्माकुमारी अर्याल सचिव, इञ्चार्ज, लुम्बिनी प्रदेश विभागहरू

३. सीता पौडेल इञ्चार्ज, महिला फाँट

४. डा. बिन्दा पाण्डे प्रमुख, अर्थ योजना विभाग

५. थममाया थापा इञ्चार्ज, कास्की

६.डा. शिवमाया तुम्बाहाङ्फे, इञ्चार्ज, इलाम

७. ज्वालाकुमारी साह, इञ्चार्ज, सर्लाही

८. मञ्जुकुमारी चौधरी, इञ्चार्ज, सप्तरी

९. जुलीकुमारी महतो, इञ्चार्ज, महोत्तरी

१०. सुजिता शाक्य इञ्चार्ज, उपत्यका विशेष कमिटी, काठमाडौं

११. गौरीकुमारी ओली इञ्चार्ज, डडेल्धुरा

१२. निरुदेवी पाल इञ्चार्ज, बैतडी

१३. बिमला घिमिरे, प्रमुख, खानेपानी तथा सरसफाइ विभाग

१४. लीलाकुमारी भण्डारी, इञ्चार्ज डोटी

१५. शान्ता चौधरी, इञ्चार्ज, भूमिहीन तथा सुकुम्बासी फाँट

१६. सीता गिरी ओली, इञ्चार्ज, प्रतिष्ठानहरू

१७. मनकुमारी जीसी (केसी), इञ्चार्ज नवलपरासी (ब. सु.पू)

१८. सुशीला नेपाल, प्रमुख सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग

१९. अम्बिका थापा, सबै पालिकाहरू, उदयपुर

२०. आशाकुमारी विक, इञ्चार्ज, जयपृथ्वी नपा, बझाङ

२१. इन्दिरा गौतम इञ्चार्ज, देवानगञ्ज नपा र हरिनगर गापा, सुनसरी

२२. इन्दिरा सञ्जेल, इञ्चार्ज, प्रदेशसभा ९ख० अन्तर्गतका सबै पालिका, कालीकोट

२३. ईश्वरी घर्तीमगर, इञ्चार्ज, रोल्पा नपा, परिवर्तन, माडी, दुईखोली गापा, रोल्पा

२४. उमा कोइराला, इञ्चार्ज, सुनकोशी गापा, सिन्धुली

२५. उर्मिला थेवे, सबै पालिकाहरू, ताप्लेजुङ

२६. उषाकला राई, इञ्चार्ज, अपांगता फाँट

२७. उषाकिरण तिमल्सेना, इञ्चार्ज, प्रतिनिधिसभा १ अन्तर्गतका सबै
पालिका, नुवाकोट

२८. इन्दुकडरिया, इञ्चार्ज, बेलौरी नपा र बेलडाँडी गापा, कञ्चनपुर

२९. कमलाकुमारी ओली, इञ्चार्ज लम्कीचुहा नपा, वर्दगोरिया र मोहन्याल
गापा, कैलाली

३०. कमलादेवी महतो, इञ्चार्ज, प्रतिनिधिसभा २ र ४ अन्तर्गतका पालिकाहरू, सर्लाही

३१. कल्पनाकुमारी कटुवाल, इञ्चार्ज, प्रतिनिधिसभा ३ अन्तर्गत पालिकाहरू,
सर्लाही

३२. कल्पना चापागाईँ, इञ्चार्ज, प्रदेशसभा २ अन्तर्गतका सबै
पालिकाहरू, पर्वत

३३. गीता अधिकारी, इञ्चार्ज, बिर्तामोड नपा, झापा
३४. गीता कार्की, इञ्चार्ज, उमाकुण्ड गोकुलगंगा र लिखु तामाकोशी
गापा, रामेछाप

३५. गुमादेवी आचार्य ९गोमा०, इञ्चार्ज, सैनामैना नपा, कञ्चन, गैडहवा र
सियारी गापा, रूपन्देही

३६. जुनेलीमाया श्रेष्ठ, इञ्चार्ज, भीमफेदी, मकवानपुर गढी र इन्द्र सरोवार गापा, मकावानपुर

३७. टसी स्याङ्मो गुरुङ्सेनी, इञ्चार्ज, प्रदेशसभा १ अन्तर्गतका पालिकाहरू,
मुस्ताङ

३८. तारादेवी गुरुङ, इञ्चार्ज, प्रतिनिधिसभा १ अन्तर्गतका पालिकाहरू,
इलाम

३९. तीर्था गौतम इञ्चार्ज, चौरजहारी नपा, रुकुम ९पश्चिम०

४०. तुलसाकुमारी दाहाल, इञ्चार्ज, मध्यपुर ठिमी र सूर्यविनायक नपा, भक्तपुर

४१. दक्षिणा शाही, इञ्चार्ज, प्रदेशसभा १ अन्तर्गतका पालिकाहरू, कालीकोट

४२. दीपा शर्मा, इञ्चार्ज, राप्तीसोनारी र नरैनापुर गापा, बाँके

४३. नवीना लामा, इञ्चार्ज, प्रतिनिधिसभा १ अन्तर्गतका सबै
पालिकाहरू, काभ्रे

४४. कोमल ओली, इञ्चार्ज, बबई, शान्तिनगर र दंगिशरण गापा, दाङ

४५. निर्मला देवकोटा, इञ्चार्ज, पोखरिया नपा, पकाहा मैनपुर, विन्दवासिनी, पर्टेवा सुगौली गापा, पर्सा

४६. निरकुमारी कुँवर ९निरु दर्लामी०, इञ्चार्ज, दुधौली नपा, सिन्धुली

४७. नैनकला ओझा, इञ्चार्ज, प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ अन्तर्गतका पालिकाहरू, मोरङ

४८. पार्वती रावल, इञ्चार्ज, खेरहनी र राप्ती नपा, चितवन

४९. प्रतीक्षा तिवारी, इञ्चार्ज, जनकपुर उपमनपा, नगराइन नपा र धनौजी गापा, धनुषा

५०. प्रभा बराल, इञ्चार्ज, कालिका नपा र इच्छा कामना गापा, चितवन

५१. बालिका गिरी, इञ्चार्ज, उद्योग व्यवसाय विशेष जिल्ला कमिटी

५२. बिमला अर्याल, इञ्चार्ज, रामग्राम नपा र पाल्हिनन्दन गापा, नवलपरासी ९ब।स। पश्चिम०

५३. बुधनीदेवी महतो, इञ्चार्ज, प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ र ३
अन्तर्गतका सबै पालिकाहरू, महोत्तरी

५४. भगवती चौधरी, इञ्चार्ज, इटहरी उपमनपा, सुनसरी

५५. भगवती थापा क्षेत्री (कल्पना), इञ्चार्ज, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटी

५६. भगवती न्यौपाने, इञ्चार्ज, प्रतिनिधिसभा १ अन्तर्गतका पालिकाहरू, तनहुँ

५७। भागवत विश्वासी, इञ्चार्ज, उत्पीडित जातीय फाँट

५८ भारती पाठक, प्रमुख, वन तथा वातावरण विभाग

५९. मञ्जुकुमारी थापा मगर, इञ्चार्ज, जितपुर सिमरा उपमनपा, बारा

६०. मञ्जुदेवी गुरुङ, इञ्चार्ज, रूपा गापा, कास्की

६१. मञ्जुभण्डारी, इञ्चार्ज, बराह क्षेत्र नपा र रामधुनी गापा, सुनसरी

६२. ममता गिरी, प्रमुख, केन्द्रीय पुस्तकालय तथा अभिलेख विभाग

६३. मेनका पोखरेल, इञ्चार्ज, घोराही उपमनपा र बंगलाचुली गापा, दाङ

६४. मेनुका काफ्ले, इञ्चार्ज, शिवसतासी नपा, झापा

६५. यमुना रोका तामाङ, इञ्चार्ज, थवाङ, सुनिलस्मृति र लुंग्री गापा, रोल्पा

६६. रचना खड्का, इञ्चार्ज, प्रदेशसभा २ अन्तर्गतका पालिकाहरू, दोलखा

६७. रञ्जना सरकार, इञ्चार्ज, प्रतिनिधिसभा १ अन्तर्गतका पालिकाहरू,
सर्लाही

६८. रुक्मिणी राना, इञ्चार्ज, बागमती सम्पर्क कमिटी

६९. रेखाकुमारी झा, इञ्चार्ज, प्रतिनिधिसभा २ अन्तर्गतका पालिकाहरू,
रौतहट

७०. विद्या भट्टराई, इञ्चार्ज, बुद्धिजीवी फाँट

७१. विना राई, इञ्चार्ज, प्रदेशसभा २ अन्तर्गतका सबै पालिकाहरू, धनकुटा

७२. विनाकुमारी श्रेष्ठ, इञ्चार्ज, पेसागत विशेष जिल्ला कमिटी

७३. विन्दा ढुंगाना, इञ्चार्ज, प्रतिनिधिसभा २ अन्तर्गतका सबै पालिकाहरू, नुवाकोट

७४. विष्णुमाया विक, इञ्चार्ज, सबै पालिकाहरू, तेह्रथुम

७५. शर्मिला कार्की, इञ्चार्ज, चन्द्रागिरी नपा, काठमाडौं

७६. शान्ति बस्नेत अधिकारी, इञ्चार्ज, नागार्जुन नपा, काठमाडौं

७७. शान्तिदेवी ढकाल, इञ्चार्ज, खजुरा र वैजनाथ गापा, बाँके

७८. शिला यादव, इञ्चार्ज, मिथिला, मिथिला बिहारी, क्षिरेश्वर नपा
तथा वटेश्वर र लक्ष्मीनिया गापा, धनुषा

७९. शिवकुमारी गोतामे ९सार्की०, इञ्चार्ज, रत्ननगर नपा, चितवन
८०. शोभा ज्ञवाली, इञ्चार्ज, वासगढी, वारबर्दिया नपा र बढैयाताल
गापा, बर्दिया

८१. श्रीमाया थकाली, इञ्चार्ज, पर्वत

८२. शकुन्तला बस्नेत, इञ्चार्ज, प्रदेशसभा १ अन्तर्गतका पालिकाहरू,
धनकुटा

८३. सरस्वती चौधरी, इञ्चार्ज, प्रतिनिधिसभा १ अन्तर्गतका पालिकाहरू, बारा

८४. सरस्वती बस्नेत, इञ्चार्ज, प्रदेशसभा १ अन्तर्गतका सबै
पालिकाहरू, दोलखा

८५. सरिता खनाल ९भुसाल०, इञ्चार्ज, सुनवल, वर्दघाट नपा, प्रतापपुर,
सरावल र सुस्ता गापा, नवलपरासी ९पश्चिम०

८६. सरिता न्यौपाने, इञ्चार्ज, बूढानीलकण्ठ नपा र गोकर्णेश्वर नपा, काठमाडौं

८७. सरिताकुमारी गिरी ९यादव०, इञ्चार्ज, प्रतिनिधिसभा २ अन्तर्गतका सबै
पालिकाहरू, सप्तरी

८८. सविता यादव, इञ्चार्ज, कमला नपा र जनकनन्दनी गापा, धनुषा

८९. सविता रसाइली, इञ्चार्ज, प्रतिनिधिसभा २ अन्तर्गतका पालिकाहरू,
तनहुँ

९०. साजिदा खातुन सिद्धिकी, इञ्चार्ज, राप्ती र गढवा गापा, दाङ

९१. सावित्रा अर्याल, इञ्चार्ज, लुम्विनी सांस्कृतिक नपा, रूपन्देही

९२. सावित्रा राना, इञ्चार्ज, प्रतिनिधिसभा २ अन्तर्गतका सबै पालिकाहरू, बाग्लुङ

९३. सीता न्यौपाने, इञ्चार्ज, लमही नपा र राजपुर गापा, दाङ

९४. सीता लामा, इञ्चार्ज, युवा विद्यार्थी विशेष जिल्ला कमिटी

९५. सीमाकुमारी क्षेत्री, इञ्चार्ज, प्रतिनिधिसभा २ अन्तर्गतका सबै
पालिकाहरू, स्याङ्जा

९६. सिर्जना काफ्ले, इञ्चार्ज, सबै पालिकाहरू, पाल्पा

९७. सीताकुमारी सुन्दास, इञ्चार्ज, प्रतिनिधिसभा १ अन्तर्गतका सबै
पालिकाहरू, स्याङ्जा

९८. सुनिता बराल, इञ्चार्ज, भद्रपुर नपा, झापा

९९. सम्झना देवकोटा, इञ्चार्ज, सबै पालिकाहरू, गोरखा

१००. रामरतिदेवी राम, इञ्चार्ज, प्रतिनिधिसभा १ अन्तर्गतका सबै
पालिकाहरू, सिरहा

१०१. बदमी क्वारी बुढा (बोहोरा), इञ्चार्ज, सबै पालिकाहरू, डोल्पा