Bagmati Samachar Logo

भारतीय प्रधानमन्त्रीले उपयुक्त समयमा नेपाल भ्रमण गर्नुहुनेछ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन् । भारत भ्रमणबाट फर्किएपछि शनिबार प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र उपयुक्त समयमा भ्रमणमा आउने बताए ।

आफ्नो निम्तोमा प्रधानमन्त्री मोदीले अनुकूल समय मिलाएर भ्रमणमा आउने बताएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । ‘प्रधानमन्त्री मोदीले सन् २०१४, २०१८ र २०२२ मा नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपाल भ्रमणलाई ठूलो महत्व दिएको र उपयुक्त समयमा भ्रमण गर्ने जवाफ दिनुभएको छ,’ प्रधानमन्त्रीले जानकारी दिए ।