Bagmati Samachar Logo

नेपाल–भारतबीच भए यी ७ वटा सम्झौता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार ७ वटा सम्झौतामा हस्ताक्षर भएको हो।

पारवहन सम्झौता पुनरावलोकन गर्ने सम्झौता भएको छ। त्यसमा नेपालका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजाल र भारतका वाणिज्य तथा आपूर्तीमन्त्री पीयुस गोयलबीच सम्झौता आदान प्रदान भएको हो।

दुई देशबीच क्रस बोर्डर पाइपलाइन अन्तर्गत अमलेखगञ्ज– चितवन र सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणको सम्झौता भएको छ।

यो सम्झौतामा उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रिजाल र भारतका पेट्रोलियम मन्त्री हरदीपसिंह पुरीले हस्ताक्षर गरेका हुन्।

अर्को सम्झौता सुस्मा स्वराज इस्टिच्यूट फरेन सर्भिस रहेको छ। त्यसमा दुई देशका राजदूतबीच हस्ताक्षर भएको छ।

दोधारा चाँदनी एकीकृत जाँचचौकीका बारेमा समेत सम्झौता भएको छ। त्यसमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ती सचिव मधुकुमार मरासीनी र भारतका तर्फबाट भारतीय राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका हुन्।

यी दुई देशबीच तल्लो अरुण जलविद्युत आयोजना निर्माण सम्झौता भएको छ।

यस्तै, फुकोट कर्णाली जलविद्युत विकास सम्झौता पनि भएको छ।

यसैगरी क्रस बोर्डर डिजिटल पेमेन्ट सम्बन्धमा समेत सम्झौता भएको छ।