Bagmati Samachar Logo

बागमतीको नीति तथा कार्यक्रम : आधारभुत विद्यालयमा पूर्ण निशुल्क शिक्षा , उत्पादनमूलक क्षेत्रमा लगानी (पूर्णपाठ)

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

उच्च आर्थिक वृद्धि, सामाजिक न्याय तथा वातावरण संरक्षणको माध्यमबाट प्रदेशको समृद्धि र दिगो विकासमा जोड दिइने प्रदेश सरकारले नीति ल्याएको छ।

प्रदेश सरकारले यस अघि भैरहेका गौरवको आयोजनाहरुलाई निरन्तरता दिने हिसाबले नीति तथा कार्यक्रम ल्याएको पाइएको छ।

यस्तै, सार्वजनिक खर्चमा मितव्ययिता, स्रोतसाधन परिचालनमा दक्षता र विनियोजन कुशलता अभिवृद्धि गरी बजेटको परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि गर्ने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा सीमान्तकृत (वनकरिया, चेपाङ, थामी, जिरेल, माझी, हायु, दनुवार, सुरेल, बोटे लगायत) महिलाको सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ उल्लेख छ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सशक्तीकरणको लागि विशेष जोड दिइनेछ नीति समेत प्रदेश सरकारले ल्याएको छ।