भ्रष्टाचार विरोधी अभियानमा हाम फालेका छौँ, अझ ठूलो एक्सन हुन्छ: प्रचण्ड
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले आफू भ्रष्टाचार विरूद्धको अभियानमा हाम फालेको बताएका छन् ।
शनिबार प्रेस सेन्टर नेपालको १९अौँ साधारणसभा तथा २१अौं कृष्ण सेन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले बेथिति र विकृतिविरूद्धको अभियानमा आफू होमिएको बताए ।
“हाम्रो लागि अब बेथिति र विकृतिविरूद्ध जस्तोसुकै अवस्थामा पनि लढ्नुको विकल्प छैन,” प्रचण्डले भने ।
हिजो परिवर्तनको लागि १० वर्षसम्म जनयुद्धमा ज्यान हत्केलोमा लिएर लढेको उल्लेख गर्दै अहिले भ्रष्टाचार विरूद्ध त्यसैगरी होमिएको प्रधानमन्त्री प्रचण्डले बताए । त्यसमा सहयोग गर्न उनको आग्रह छ ।
“हिजो मृत्युवरण गरेर जनयुद्धमा हाम फालेका थियौँ । अहिले भ्रष्टाचारविरूद्ध हाम फालेको छु,” प्रे सेन्टरको साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “यसमा पनि हिजो जस्तै तपाईहरूले साथ दिनुहोला ।”
प्रचण्डले भ्रष्टाचारविरूद्धको अभियानमा सरकारले अझ ठूलो एक्सन लिने बताए ।
“केही समयभित्र ठूलाठूला एक्सन हुन्छ । त्यसले पार्ने प्रभाव पनि ठूलै हुन्छ,” प्रचण्डले भने, “तपाईंहरू नेतृत्वलाई साथ दिनुपर्ने भयो भनेर निस्कनुस् ।”
संदमा गणीतिय भूमिका बढी हुने उनको भनाइ छ । “संसदमा गणीतिय भबूमिका बढी हुन्छ, संख्यात्मक भूमिका बढी हुन्छ । संख्यात्मक हिसाबले हामीले नेतृत्व गर्न सक्ने अवस्था छैन,” प्रचण्डले भने, “तर, इतिहासमा हामीले खेलेको भूमिका, गरेको त्याग र बलिदानले नेतृत्व गरिरहेका छौं ।”
प्रतिक्रिया दिनुहोस्: