नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउन र निर्दोषलाई फसाउन खोजिँदै छ : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई उम्काउन र निर्दोषलाई फसाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्दै अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणका दोषीलाई उम्काउने र निर्दोष फसाउने प्रयास भइरहेको दाबी गरे । ‘यो प्रकरणका दोषी कोही पनि छुट्नु हुँदैन । तर, अहिले निर्दोष फसाउने प्रयास भइरहेको छ । यसमा मेरो खबरदारी छ,’ ओलीले भने, ‘दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास नगर्दा हुन्छ ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरण अझै भयावह रूपमा निस्किने बताए । ओलीले नक्कली शरणार्थी प्रकरणको छानबिनका लागि प्रहरीलाई सहयोग गर्न एमाले तयार रहेको बताए ।
अध्यक्ष ओलीले एमालेलाई र केपी ओलीलाई गाली गर्न रहर लागेको भए पार नलाग्ने बताए । १एमाले र केपी ओलीलाई गाली गर्न रहर लागेको भए पार लाग्दैन । रहर गर्नु मात्रै होइन रैुछ जिन्दगी,’ उनले भने ।
अध्यक्ष ओलीले आफू गृहमन्त्री र परराष्ट्रमन्त्री भएको र पटक–पटक प्रधानमन्त्री भएकाले आफूमाथि पनि छानबिन गर्नु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्: