सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने पत्यार छैन : केपी ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सबै प्रकारका भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने आफूलाई विश्वास नलागेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्दै अध्यक्ष ओलीले भ्रष्टाचारका सबै विषयलाई कानुनी कारबाहीको दायरामा ल्याउनेमा आफूलाई पत्यार नलागेको बताएका हुन् ।
‘मलाई लाग्दैन, सरकारले सबै प्रकारका भ्रष्टाचार नियन्त्रण गर्नेछ । भ्रष्टाचारका सबै विषयलाई कानुनी कारबाहीको दायरमा ल्याउनेछ भन्ने मलाई पत्यार लागिराख्या छैन,’ उनले भने ।
उनलृे सरकार भ्रष्टाचार र विकृतिबीच द्विविधा र भ्रमण सिर्जना गरेर भ्रष्टाचार नियन्त्रणप्रतिको प्रतिबद्धताबाट उम्किन खोजेको आरोप लगाए ।
‘सरकार भ्रष्टाचार र विकृतिबीच द्विविधा र भ्रमण सिर्जना गरेर भ्रष्टाचार नियन्त्रणप्रतिको प्रतिबद्धताबाट उम्किन खोजेको छ,’ उनले भने, भ्रष्टाचारविरुद्धमा कस्सिएझैँ गर्छ, अनि अन्तिममा गएर विकृति नियन्त्रण गर्छु भन्छ ।’
प्रतिक्रिया दिनुहोस्: