उपनिर्वाचनमा एमालेका सांसद संख्या नघटेपनि भोट घटे : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख १० गते भएको उपनिर्वाचनमा एमालेका मत घट्नु चिन्ताको विषय भएको बताएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा पेश गरेको दस्तावेजमा उक्त कुरा उल्लेख गरेको छ । वैशाखमा बारा–२, चितवन– २२ तनहुँ–१ मा रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन सम्पन्न भउको थियो ।
२ वटा सिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र एक स्थानमा जसपाका उम्मेदवार विजयी भए । तर नेकपा (एमाले) ले उपनिर्वाचनमा चितवन– २ र तनहुँ–१ मा आफ्नै पार्टीको मत पनि बचाउन सकेन । मतमा कमि आउनुलाई ओलीले चिन्ताजनक विषय भएको उल्लेख गरेका छन् । ओलीले भनेका छन्, ‘ गतः वर्ष मङ्सिरमा सम्पन्न आमनिर्वाचनको तुलनामा पार्टी मत घटनु र वर्तमान सत्ताको विकल्प नेकपा (एमाले) हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणाम आउनु गम्भीर विषय हो । सम्बन्धित जिल्ला २ प्रदेश कमिटीले यसको गम्भीर समीक्षा गर्नुपर्छ र रहन गएका कमीहरूलाई अविलम्ब सच्याउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्: