Bagmati Samachar Logo

भुटानी शरणार्थी प्रकरणमा दबाब दिएर केही हुनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका कसैले दबाब दिएर केहि पनि नहुने बताएका छन् । उनले दोषी कोहीलाई पनि ढाकछोप नहुने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि बच्न नसक्ने बताए।

‘मैले भनेको छु दोषि कोही बच्न सक्दैन। निर्दोष कोहीपनि पर्दैन। सरकारको त्यही जोड छ,’ उनले भने, ‘आज जसरी विषय उठेको छ, त्यसले अझ सरकारको मनोबल बढाउने काम नै गरेको छ भन्ने मैले ठानेको छु।कसैले त्यहाँ दबाब दिएर केही हुनेवाला छैन।’

सो प्रकरणमा निर्दोष कोही नपर्ने पनि उनले स्पष्ट पारे। उनले संसद बैठकमा सो प्रकरणको सम्बन्धमा कुुरा उठ्नुले सरकारको मनोबल बढेको पनि बताए।