Bagmati Samachar Logo

एमाले सचिव टोपबहादुरका छोरा सन्दीप बुटवलबाट पक्राउ

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । सन्दीपलाई बुटवलबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोप छ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगेको आरोपमा पक्राउ पर्नेको संख्या ८ जना पुगेको छ । बुधवार नै उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पेप्सीकोलाबाट पक्राउ परेका छन्

उनीमाथि गृह सचिव हुँदा नेपालीलाई भुटानी शरणार्थीको परिचयत्र बनाएर ठग्ने गिरोहलाई सघाएको आरोप छ । ५० वर्षीय सानु भण्डारीले टोपाबहादुर रायाझीका छोरा सन्दिप रायमाझीको नाम पनि बयानमा खुलाएका थिए ।

एमाले सचिव रायमाझीविरुद्ध पनि जिल्ला अदालत कठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ । ।