Bagmati Samachar Logo

लुम्बिनीको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त

हेटौंडा । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले प्रदेशस्थित कांग्रेस संसदीय दलका नेता चौधरीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शेरचनले आज दिउँसो ४ बजेसम्म समयसीमा दिएर बहुमतका आधारमा सरकार गठनका लागि आह्वान गरेका थिए । सोहीअनुसार चौधरीले ५३ जना प्रदेशसभा सदस्यको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

चौधरीलाई कांग्रेससहित गठबन्धनका दलहरू माओवादी केन्द्र, नेकपा एसलगायत दलहरूको समर्थन छ ।
एमाले माओवादी गठबन्धन हुदा मुख्यमन्त्री एमालेका लिला गिरी नियुक्त भएका थिए । माओवादीले विश्वासको मत फिर्ता लिएपछि गिरीले विश्वासको मत पाएनन् ।