चितवन २ मा ५४ हजार मतसहित रवि लामिछाने फेरि विजयी
हेटौंडा । चितवन २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्।
मंगलबार सार्वजनिक अन्तिम मत परिणामअनुसार लामिछाने लामिछाने ५४ हजार १७५ मत पाएर विजयी भएका हुन्।
उनका निकट प्रतिद्धन्द्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार ११४ मत पाएका छन्। रवि र जीतबहादुरबीचको मतान्तर नै ४३ हजार ६१ रहेको छ।
नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३४ मत ल्याएका छन्।
रविले विजयी हुने क्रममा मंसिरमा पाएको मतभन्दा ५ हजार धेरै मत ल्याएर आफ्नै रेकर्ड तोडेका छन्।
यसअघि ४ मंसिरको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी ४९ हजार २ सय ६४ मत ल्याएर विजयी भएका थिए।
तर नागरिकता मुद्दामा दोषी ठहर भएपछि रविको सांसद पद गत माघ १३ गते गुमेको थियो। त्यहीकारण चितवन २ मा यही वैशाख १० गते उपनिर्वाचन गरिएको हो।
रविले मतान्तरमा पनि रेकर्ड बनाएका छन्। उनले ४३ हजार ६१ मतको फराकिलो अन्तरसहित जित आफ्नो पक्षमा पारेका हुन्।
मंसिरको निर्वाचनमा उनले कांग्रेस–एमाले उम्मेदवारसँग १९ हजार ६ सय ३४ मतान्तर बनाएका थिए।
प्रतिक्रिया दिनुहोस्: