Swornakshar Logo

गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाउने

काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको स्वामित्व सरकारले लिएर निर्माण गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले निमार्ण कार्य पुरा गर्ने निर्णय गरेको हो ।

यो रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न थालेको थियो । तर, निर्माण कार्य पूरा नहुँदै फाउन्डेसनले हात झिकेपछि सरकार आफैँले बनाउने भएको हो ।

मन्त्रिपरिषद्ले भरतपुर महानगरपालिकालाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको हो ।