Bagmati Samachar Logo

मन्त्रीहरूले खाए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् पुनःगठन तथा विस्तारसँगै नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहरण गरेका छन् । नयाँ सत्ता समीकरण बनेसँगै शुक्रबार संसदको सबैभन्दा ठूलो दल कांग्रेस सरकारमा सहभागी भएको छ ।

प्रधानमन्त्री प्रचण्डलेको उपस्थितिमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयतको शपथ ग्रहरण गारएका हुन् ।

नयाँ मन्त्रिपरिषद्मा माओवादी केन्द्र, कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत र नेपाल समाजवादी पार्टी गरी आठ पार्टी सहभागी भएका छन् । मन्त्रिपरिषद् पुनःगठन गर्दा पनि मन्त्रिपरिषद्ले पूर्णता भने अझै पाएको छैन । प्रधानमन्त्री प्रचण्डले आफूसँग कानुन न्याय, परराष्ट्र, युवा तथा खेलकुद, वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय राखेका छन् । १८ सदस्यीय मन्त्रीमण्डल बन्दा एक जना राज्यमन्त्री छन् भने दुई जना उपप्रधानमन्त्री बनेका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा गएको हो । उनी उपप्रधानमन्त्री तथा रक्षामन्त्री बनेका छन् । कांग्रेसको भागमा ८ मन्त्री परे पनि शुक्रबार भने चार जना मात्र मन्त्री बनेका छन् । कांग्रेसले अझै चार मन्त्रीको नाम सिफारिस गरेको छैन । प्रधानमन्त्रीले आफूसँग राखेका पाँच मन्त्रालयमध्ये चार मन्त्रालय कांग्रेसको भागमा परेका छन् ।

उता जनमतबाट खानेपानी मन्त्री बनेका अब्दु्ल खानले राजीनामा बुझाएका छन् । उनको राजीनामा स्वीकृत भए नभएको खुलेको छैन ।