मिटरब्याजीविरुद्धका आन्दोलन गर्न काठमाडौं पुगेकासँग सरकारले वार्ता थाल्यो
काठमाडौँ । मिटरब्याजीको विरुद्ध आन्दोलन गर्न पीडितहरु काठमाडौँ आइपुगेका छन् । आज ११ दिन लगाएर पीडितहरु काठमाडौं आइपुगेको आन्दोलनमा सहभागी कुमार वतौलाले जानकारी दिए ।

काठमाडौं पुगेका आन्दोलनकारी भेट्न सरकारका प्रतिनिधि आजै माततिर्थ पुगेका तर आजको वार्ता भने बिना निस्कर्ष सकिएको छ ।

काठमाडौँ आएको थाह पाउने बित्तिकै प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत को नेतृत्वमा एक टोलीले आन्दोलनकारी बसेको ठाउँमै पुगेर वार्ता सुरु गरेको थियो । आन्दोलनकारी अहिले मातातिर्थमा बसेका छन् ।
सरकार आफूले भनेको मान्नु पर्छ भन्ने तरिकाले आएकाले आजको वार्ता सकारात्मक हुन नसकेको बतौलाले बताए । भोली पनि वार्ता हुनसक्ने उनले बताए ।

चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका उनीहरू आज दिउँसो काठमाडौँ आइपुगेका हुन् । उनीहरु आफ्नो माग पूरा नभएसम्म काठमाडौँमा रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: