धादिङका ९ क्याम्पसमध्ये ६को परिणाम आउदा ५मा क्रान्तिकारीले जितेको छ

काठमाडौं । धादिङमा रहेका ९ वटा क्याम्पस मध्य ६ वटामा स्ववियु निर्वाचन सकिँदा ५ वटामा माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी० ले जित हात परेको छ भने एमाले अखिलले १ वटा जित निकालेको छ ।
माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी० ले कांग्रेस निकट नेवि संघ र एमालेको अनेरास्ववियु बीच चुनावी तालमेल हुँदा पनि बेनीघाट रोराङका दुई क्यम्पस चन्द्रोदय विशालटार, जय बागेश्वरी मलेखु र गजुरीको आदर्शमा एकल जित जिकाल्न सफल भयो भने आफ्नो जितका लागि क्रान्तिकारीले धुनीबेसीको मछिन्द्रमा एमाले अखिल सँग तालमेल गरेको थियो । यस्तै त्रिपुरासुन्दरीको नेत्रावती सामुदायीक क्याम्पसमा सबै संगठनहरुले भागबन्डा गरि सभापतिमा क्रान्तिकारीलाई जिताएका थिए ।नेवि संघ संगको तालमेलमा असफल देखिएको अनेरास्ववियुले गल्छीको नमुना बागेश्वरीमा एकीकृत समाजवादी निकट अनेरास्ववियू सँग तालमेल गरि जित्न सफिल बन्यो ।
क्रान्तिकारी जितेका
१. चन्द्रोदय बहुमुखी क्याम्पस विशालटार, सभापति सञ्जित सुवेदी
२. जय बागेश्वरी क्याम्पस मलेखु, सभापति नवराज त्रिपाठी
३. आदर्श बहुमुखी क्याम्पस गजुरी, सभापति गणेश पाण्डे
४. मछिन्द्र बहुमुखी क्याम्पस धुनीबेसी, सभापति अनिल उप्रेती
५. नेत्रावती सामुदायीक क्याम्पस खहरे, सभापति सिता तिमल्सिना
अनेरास्ववियु एमाले
१. नमुना बागेश्वरी गल्छी, सभापति अन्दाज श्रेष्ठ
प्रतिक्रिया दिनुहोस्: