Bagmati Samachar Logo

क्रान्तिकारीद्धारा एमाले निकट अखिलका सभापति उम्मेदवार विरुद्ध ज्यानमार्ने मुद्दा चलिरहेका भन्दै उम्मेदवारी खारेजिको माग

काठमाडौं । अखिल क्रान्तिकारीले अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुका सभापतिका उम्मेदवार ज्यानमार्ने उद्योगमा कसुर अन्तर्गत मुद्दा चलेकाले उम्मेद्वारी खारेज हुनु पर्ने माग गरेको छ । अखिल क्रान्तिकारीले सभापतिका उम्मेदवार कमलराज जोशिलगायतको उम्मेदवारी खारेज हुनु पर्ने भन्दै स्ववीयूको निर्वाचन अधिकृतको कार्यलयमा निवेदन दिएको छ ।

क्रान्तिकारीले जोशी लगायत गोपाल बहादुर शाही , पंकज पाण्डेय, दिनेश सिग्देलका विरुद्ध श्री जिल्ला अदालत काठ‌माडौंबाट फौजदारी अभियोग अर्न्तर्गत‌को ज्यान मार्ने उद्योगको कसुर अन्तर्गत मुद्धा चलिरहेकोले ५ गते हुने स्ववीयू निर्वाचनमा उम्मेदवार हुन अयोग्य रहेको भन्दै उम्मदवारी खाजेरीको माग गरेको छ ।
क्रान्तिकारीका सभापतिका उम्मेदवार विश्राम शर्मा पौडेलले निवेदन दिएका छन् ।