Bagmati Samachar Logo

एमालेको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला

काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ । प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला नियुक्त गरेका छन् ।

संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार पूर्वस्वास्थ्यमन्त्री गिरीलाई प्रमुख सचेतक र महेश बर्तौलालाई सचेतक चयन गरेका हुन्। गिरी दुई पटक र बर्तौला पहिलो पटक चुनाव जितेर संसदमा आएका हुन्।