प्रचण्डमाथिको मुद्दा विस्तृत शान्ति सम्झौतामाथिको आक्रमण हो : हिसिला यमी
काठमाडौं । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमीले प्रचण्डविरुद्ध अदालतमा मुद्दा चलाएर विस्तृत शान्ति सम्झौतामाथि आक्रमण गरिएको टिप्पणी गरेकी छन् ।
आइतबार माओवादी घटकहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यमीले उक्त कुरा बताएकी हुन् । उनले प्रधानमन्त्रीमाथि मुद्दा लाग्नु भनेको जनता र परिवर्तनमाथि पनि मुद्दा लाग्नु भएको बताएकी छन् ।
यो संविधान अन्तरिम संविधानमा टेकेर आएको उल्लेख गर्दै यमीले यसले विस्तृत शान्ति सम्झौतालाई अबमूल्यन गर्न नमिल्ने बताएकी छन् ।
द्वन्द्वकालीन मुद्दालाई संक्रमणकालीन न्यायका माध्यमबाट निरुपण गरिनुपर्नेमा जोड दिँदै यमीले त्यसले मात्रै स्थायीत्व र शान्ति सम्भव रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्: