Bagmati Samachar Logo

स्वास्थ्य मजदुर संघले भन्यो : हिमाल अस्पतालका डाक्टरको लापरवाहिले बालिकाको ज्यान गयो

काठमाडौं । हिमाल अस्पताल काठमाडौंमा डाक्टरको लापरवाहिका कारण प्रशंसा गौतमको उपचारक्रममा ज्यान गएको छ ।

नेकपा निकट अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाई मजदुर संघले एक विज्ञप्ती जारी गरेर अस्पतालको लापरवाहिले मृत्यु भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ “हिमाल अस्पतालमा २८ महिनाकी प्रशंसा गौतमको उपचारका क्रममा ज्यान गएको घटनाप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।”

आइतबार संगठनकी संयोजक सृजना सिजापतीले संगठनको तर्फवाट एक प्रेश विज्ञप्ति जारी गरी उपचारमा संलग्न डाक्टर जयदेव यादवको चरम लाहप्रर्वाहीका कारण माघ २६ गते प्रशंसाको मृत्यु भएको र त्यस घटनाप्रति संगठनको गम्भीर ध्यानाकर्षकण भएको बताउदै पीडित पक्षका मागहरुलाई यथाशिघ्र पुरा गर्न पनि माग गरेको छ ।

जारी विज्ञप्तिमा पीडित पक्षका मागहरुप्रति घटना भएको २१ दिन वित्दा समेत पीडक पक्ष सहमत नभएको उल्लेख गर्दै कतै गलत सोच र बुझाईले काम गरेको त छैन ? भनि आशंका गरिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ “पीडित पक्षको आन्दोलनलाई तुहाउने हर्कत अस्पताल प्रशासनले गर्नुका साथै फागुन १३ गते सम्म सहमतिको प्रयास गरी पीडित पक्षलाई अलमल्लमा पारी सहमति गर्ने प्रयास उल्लंघन भएकाले पीडित पक्षका न्यायिक मागलाई अविलम्व पुरा गर्न हाम्रो संगठन माग गर्दछ ।”
अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाई मजदुर संघले पीडित पक्षका मागहरु अस्पताल प्रशासनलाई गम्भीरतापूर्वक लिन र सहयोग गर्न आग्रह गरेको छ ।