सन्दीपलाई विदेश जान सर्वाेच्च अदालतकाे अनुमति

काठमाडौं । सर्वोच्च अदालतले नाबालिग बलत्कारकाे अभियाेग खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि विदेश वाने अनुमति दिएकाे छ ।
उनलाई पुनः थुनामा राख्न नपर्ने फैसला पनि गरेको छ ।
सन्दीपलाई उच्च अदालत पाटनले कडा सर्तससहित धरौटीमा रिहा गर्ने फैसला गरेको थियो । त्यसविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको थियो ।
पाटन अदालतले विदेश जान रोक लगाएपछि सन्दीपले पनि सर्वाेच्चमा पुनरावेदन गरेका थिए । दुवै पुनरावेदनको एक साथ सुनुवाइपछि आज फैसला आएको हो ।
प्रतिक्रिया दिनुहोस्: