राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा एमालेलेउम्मेदवारी दर्ता गर्ने बताएका छन् । प्रतिनिधि भसाको बैठकबाट बाहिरिने क्रममा उक्त कुरा बताएका हुन् ।
ओलीले भने, ‘राष्ट्रपतिमा भोलि एमालेले मनोनयन दर्ता गर्छ, हाम्रो उम्मेदवार पक्का छ। अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन ।’
बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित चार दलको बैठकले चुनावअघिको गठबन्धन ब्युँताउने सहमति गरेपछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले राष्ट्रपति पाउने सहमति भएको थियो । तर, प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको नाममा एमालेसँग दुरी बढाएर पुरानै गठबन्धनको पक्षमा उभिएका छन् ।
प्रतिक्रिया दिनुहोस्: