हेटौंडा अस्पतालको भवनको उद्घाटन राष्ट्रपति बिद्या भण्डारीले गर्ने

हेटौंडा । मकवानपुरको हेटौंडा अस्पतालको नयाँ भवनको उद्घाटन राष्ट्रपति विद्या देवि भण्डारीले गर्ने भएकी छन् । अस्पतालको तीन तले नव निर्मित भवनको उद्घाटन् भोली बिहीबार हुने भएको छ । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा राष्ट्रपति यही फागुन ९ गते हेटौंडा अस्पतालको उद्घाटन्का लागि भोली नै हेटौंडा आउने छन् ।
३४ करोड रुपैयाँ लागतमा अस्पतालको नव निर्मित भवन निर्माण भएको छ । यही भवनको उद्घाटन्का लागि राष्ट्रपति भण्डारी फागुन ९ गते पौने १२ बजे हेटौंडा आइपुग्ने समय तय भएको हेटौंडा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष तथा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले बताए ।
नयाँ भवन निर्माण भएसंगै हेटौंडा अस्पतालले आफ्ना सेवाहरु र जनसक्ति थप गरेर उपचारको कामलाई गुणस्तरिय बनाउँदै लगेको प्रसाईले बताए। अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालका लागि कार्यालय सहयोगी देखि डाक्टर सम्मका जनसक्ति उपलब्ध गराउने, उपचारका लागि बिभीन्न प्रबिधिहरु जडान गर्ने लगायतका काम गर्दै आएको छ ।
अहिले भने बागमती प्रदेश सरकारले एमआरआइ मेसिन हेटौंडा अस्पतालका लागि प्राप्त भएको छ । यसको जडानका लागि केही समय लाग्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: