Bagmati Samachar Logo

लुम्बिनी प्रदेश : सभामुखमा माओवादीका मगर निर्विरोध निर्वाचित, उपसभामुखको निर्वाचन हुने

हेटौंडा । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगरको एकल उम्मेदवारी परेको छ । आज भएको उम्मेदवारी दर्तामा घर्ती मगरको एकल उम्मेदवारी परेको छ । उपसभामुख पदमा भने तीन जनाको उम्मेदवारी परेको छ ।

उपसभामुख राप्रपाकी मेनुका खाँण केसी, नेपाली कांग्रेसका विश्व प्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्मला देवी थारु चौधरीले उम्मेदवारी दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

उनले उपसभामुखमा प्रक्रिया अनुसार नै अगाडि जाने छ । मंगलबार १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख र उपसभामुखको निर्वाचन हुनेछ । सभामुखमा एकल उम्मेदवारी परेकाले उनीनिर्विरोधनिर्वाचित भएका छन् । अब उपसभामुखको मात्रै निर्वाचन हुने छ ।