Bagmati Samachar Logo

पोखरा जहाज दुर्घटना (फोटोफिचर)

काठमाडौं । आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।कास्की प्रहरीका अनुसार जानकारीअनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ।

जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए। पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको जहाजमा आगो लागेको छ।

पोखरा–१५ नयाँ गाउँमा जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्। जहाजमा आगो लागेको छ।