Bagmati Samachar Logo

गण्डकीको सभामुखमा माओवादीका धिताल निर्वाचित

काठमाडौ. । गण्डकी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् ।

प्रदेशसभामा शनिबार भएको मत विभाजनमा माओवादीका धिताल ६० सदस्यीय प्रदेश सभामा ३२ मत ल्याएर निर्वाचित भएका हुन् । उनलाई एमालेका २१, माओवादी केन्द्रका ८, राप्रपाका २ र एक जना स्वतन्त्र सांसदले मत दिएका हुन् ।

धिताललाई सभामुख बनाउने प्रस्तावको विपक्षमा कांग्रेसको २६ मत पर्‍यो । कांग्रेसका एक जना सांसद अनुपस्थित भए । सभामुखको भूमिका निर्वाह गरिरहेका ज्येष्ठ सदस्य मित्रलाल बस्याल मतदानमा सहभागी भएनन् ।

गण्डकीमा कांग्रेसका २७, नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८ ९नेसपा एकसहित०, राप्रपाका २ र एक जना स्वतन्त्र सांसद छन् ।