सुदुरपश्चि प्रदेश सभामा दोस्रो पटक पनि सभामुख चयन हुन सकेन, संवैधानिक संकट निम्तन सक्ने
काठमाडौं । दोस्रो पटक पनि सुदुरपश्चिम प्रदेश सभाको सभामुख आजपनि चयन हुन सकने । प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशसभामा सभामुखका लागि बहुमत पुगेन ।
सत्तागठबन्धनमा संघदेखि प्रदेश सम्म सहभागी भएको नाउपाले प्रदेशसभाको सभामुखको चुनावमा तटस्थ बस्दा सुदुरपश्चिम प्रदेश सभाको सभामुखमा बहुमत जुटाउन सके । जब कि सरकार गठनमा नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्दा नेकपा एमालेका प्रदेश सभाका दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री चयन भएका छन् । तर सभामुख चयनमा तटस्थ बस्दा आज दोस्रो दिन पनि सभामुख चयन हुन सकेन ।
सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सभामुखका उम्मेदवार भीमबहादुर भण्डारीको पक्षमा २२ मत र नेपाली कांग्रेसका मानबहादुर रावलले पनि २२ मत पाएका छन् ।
मतविभाजनमा ४४ जना सांसद सहभागी भएका थिए। प्रदेश सभाका तत्काल कायम प्रदेश सभा सदस्यको बहुमत नआएकाले भण्डारीलाई सभामुख चयन हुन नसकेको सभाध्यक्ष शिवराज भट्टले घोषणा गरेका छन्।
अर्को बैठक माघ २ गते बिहान ९ बजे बस्ने गरी सम्पन्न भएको छ।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा ७ सांसद रहेको सत्ता साझेदार नागरिक उन्मुक्ति तटस्थ बसेको थियो।
नागरिक उन्मुक्ति सहित सत्तारुढ गठबन्धनसंग २९ सांसद छन्। नेकपा माओवादी केन्द्र ११, नेकपा एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपा १ सांसद छन्।
यस्तै, प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसद छन्।
नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले मतविभाजन अघि प्रदेश सभामा बोल्दै आफूहरु तटस्थ बस्ने बताएका थिए।
नागरिक उन्मुक्ति पार्टीले अघि सारेका मागहरु व्यवहारतह सम्बोधन नभएकाले सभामुखको निर्वाचनमा नागरिक उन्मुक्ति तटस्थ बसेको उनले बताएका छन् ।
यसअघि २८ पुसमा भएको सभामुखको चुनावमा भण्डारी र रावल दुबै जनाले बहुमत पाएनन् । त्यो दिन भण्डारीले २६ र रावलले २३ मत पाएका थिए ।
२८ गतेको सभामुखको चुनावमा एमालेका चक्र मल्ल र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी अनुपस्थित रहेका थिए भने सत्तारुढ गठबन्धन एक मत बदर भएको थियो।
सभामुखको चयन हुन नसक्दा सुदूरपश्चिम प्रदेशमा संवैधानिक संकट देखा पर्ने खतरा बढेको छ। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र त्यसपछि सभामुखले उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ।
१८ पुसमा बसेको प्रदेश सभाको पहिलो बैठकले २८ पुसमा सभामुखको निर्वाचन गर्ने निर्णय गरेको थियो। तर त्यो दिन र आज शनिबार पनि सभामुख चयन हुन नसकेपछि
संवैधानिक संकट देखा परेको छ ।
अब पनि माघ २ गते भित्र सभामुख चयन गरिसक्नु पर्छ। २ माघमा सभामुख चयन नभए संवैधानिक संकट सुरु हुने छ ।
प्रतिक्रिया दिनुहोस्: