Bagmati Samachar Logo

सुदूरपश्चिममा २ मन्त्रीसहित मुख्यमन्त्रीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले रावललाई बिहीबार पद तथा गोपनीयताको शपथ गराए ।

रावल बुधबार २९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका थिए । रावललाई एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ संसदको समर्थन रहेको छ ।

रावलसँगै माओवादीका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापाले पनि शपथ लिएका छन् । संसदीय दलका नेतासमेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित भएका हुन् भने सन्तोष समानुपाति सांसद हुन् ।