प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन् । उनले संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै २६ गते विश्वासको मत लिने जानकारी गराएका हुन् ।
‘तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०७९ साल पुस २६ गतेको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछु,’ प्रचण्डले लेखेको पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्: