चुनावपछि मलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो कार्यन्वयन होस् : प्रचण्ड
काठमाडौं । राष्ट्रपतिले सरकार निमार्ण गर्न दिएको समय सिमा सकिनुभन्दा पहिला सत्तागठबन्धनका नेताहरुको दौडधुप सुरु भएको छ । शनिबार बिहान नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेका छन् । दुई नेताबीच भएको भेटघाटमा गठबन्धनलाई अगाडि बढाउने बारे कुरा भएको पौडेलका स्वकीय सचिव चिरन्जीवी अधिकारीले बताए ।
प्रचण्डले आजको भेटमा पहिला नै चुनाव पछि मलाई प्रधानमन्त्री बनाउने सहमति भएकाले सहमति लागु गर्नु पर्ने कुरामा जोड दिएको र पौडेलले कांग्रेस सभापति र तपाई मिलेर टुङग्याउन भनेका अधिकारीले बताए ।
पौडेल पनि गठबन्धन लाई मिलाएर लैजानु पर्नेमा जोड गदै आएका छन् । प्रचण्ड गठबन्धनलाई निरन्तरता दिनको लागि भएपनि आफूले पहिला प्रधानमन्त्री पाउनु पर्ने बताउदै आएका छन् । सत्तागठबन्धनमा पावर सेयरिङको कुरा मिलि सकेको छैन । बिहिबार गठबन्धनका तीन शिर्ष नेताहरुबीच छलफल भएपनि निस्कर्ष बिना छलफल सकिएको थियो । शुक्रबार पनि देउवा र प्रचण्डबीच भेट भएको थियो । तर भागबण्डामा कुरा नमिलेको रामचन्द्र पौडेलले बताए ।
शुक्रबार देउवा प्रचण्डबीच भेटवार्ता सकिएपछि कांग्रेस नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । गठबन्धनलाई कसरी अगाडि लैजाने र प्रचण्डले भन्दै आएका पहिला आफूले सरकारको नेतृत्व गर्न पाउनु पर्ने कुरालाई कसरी लैजाने भन्ने विषयमा छलफल भएको बताइएको छ ।
पौडेलसंग भेटघाट भएपछ प्रचण्ड नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेट्न कोटेश्वर गएका छन् । प्रचण्ड र नेपालबीच पनि सरकार निमार्ण विषयमा छलफल हुने बताइएको छ ।
सरकार बनाउन दिएको समय सिमा भोली सकिदै छ । सत्तागठबन्धन जसरी पनि भोली सरकारको नेतृत्व गर्नेगरी पावर सेयरिङ गरिसक्नु पर्ने दबाबमा छ । तर शनिबारसम्म मिलेको छैन । तर शिर्ष नेताहरुको दौडधुप सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्: