एयरपोर्टबाट १९ किलो सुनसहित एकजना विदेशी पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेका सुडानका नागरिक भएको विमानस्थल स्रोतले बताएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्: