माओवादी संसदीय दलको नेता प्रचण्ड, सचेतक पाण्डे
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भएका छन् । आज सिंहदरबार स्थित दलको कार्यलयमा बसेको माओवादीका सांसदहरुको पहिलो बैठकले प्रचण्डलाई दलको नेतामा चयन गरेको हो ।
संसदीय दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा २ बाट निर्वाचित सांसद पुष्पकमल दाहाल प्रचण्ड चयन भए भने प्रमुख सचेतकमा हितराज पाण्डे चयन भएका छन् ।
माओवादीका ३२ जना सांसद छन् । अन्य दलहरूले पहिला नै संसदीय दलको नेता छानिसकेका छन् । माओवादीले भने संसद्मा शपथ खाएपछि दलको नेता र प्रमुख सचेतक चयन गरेको छ । राष्ट्रियसभाको दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ ।
उपनेतामा पनि माओवादीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन् ।
तर, माओवादी केन्द्रको पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले दलको नेतामा प्रचण्ड, राष्ट्रियसभाको दलको नेतामा नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतकमा हितराज पाण्डे बनाउने निर्णय गरेको सचिव गणेश साहले बताए ।
प्रतिक्रिया दिनुहोस्: