Bagmati Samachar Logo

संसद्‌मा शपथ खान पुगेका सांसदहरु आ–आफ्नै वेशभूषा (फोटो फिचर)

काठमाडौं । ४ मंसिरमा भएको चुनावबाट निर्वाचित प्रतिनिधिसभाका सांसदले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राप्रपाका पशुपतिशमशेर राणाले उनीहरूलाई पद तथा गोपनीयतको शपथग्रहण गराएका हुन् । राणालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ गराएकी थिइन् ।

शपथ लिन आएका सांसदहरू आ–आफ्नो वेशभूषामा सजिएका थिए ।

सांसदले शपथ लिएसँगै अब संसद् अधिवेशन आह्वानको बाटो खुलेको छ । चुनाव सकिएको एक महिनाभित्र संसद् अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । संसद् बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्नेछ ।

सभामुख चयन नहुँदासम्म राणाले ज्येष्ठ सदस्यका हैसियतले बैठकको अध्यक्षता गर्नेछन् । सभामुख एक पार्टीको तथा उपसभामुख अर्को पार्टीको हुनुपर्ने व्यवस्था छ भने महिला र पुरुष हुनुपर्ने हुन्छ ।