तपाईंहरूको आशीर्वाद लाग्यो भने छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्न लागेको बताएका छन् ।
बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने ,‘तपाईंहरूको आशीर्वाद लाग्यो भने छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु ।’
प्रचण्डले आफू देशको नेतृत्व गर्ने ठाउँमा पुगे केही अविस्मरणीय विकासका काम गर्ने बताए ।
अघिल्लो पटक छोटो समय मुलुकको नेतृत्व गर्न पाएँ । त्यसैले धेरै काम गर्न सकिनँ । यो पटक नेतृत्व गर्न पाए भने केही अविस्मरणीय विकासका काम गर्नेछु, उनले भने ।
प्रतिक्रिया दिनुहोस्: