Bagmati Samachar Logo

मकवानपुर सिस्नेरी हत्या घटनाः ४ जना नियन्त्रणमा, एकजनाले हत्या गरेको स्वीकार गरे

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर ३ सिस्नेरी ज्यामिरेमा हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवको अनुसन्धानको क्रममा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीको प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार अनुसन्धानको क्रममा सोधपुछको लागि ४ जना स्थानीयलाई नियन्त्रणमा लिइएको जानकारी दीइन् ।

उनले इन्द्रसरोवर ३ नम्बर वडाका ३ जना र २ नम्बरको एक जना नियन्त्रणमा लिइएको बताइन् ।

शनिबार साँझ ज्यामिरेकी स्थानीय ३६ वर्षीया सरस्वती वाइबाको शव टाउको र शरीरमा लगाएको थोरै लुगा देखिने गरी गाडिएको अवस्थामा फेला परेको थियो ।

सरस्वती केहि दिनदेखि हराएको भन्दै उनको श्रीमानले प्रहरीकोमा खोजी गरिदिन निदेवन दिएका थिए ।

महिलाको हत्या गरेर गाडिएको अवस्थामा शव फेला परेपछि प्रहरीले तालिम प्राप्त कुकुरसहित अनुसन्धानलाई अगाडी बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

उनले घटनाको अनुसन्धानमा एकजना स्थानीयले हत्या स्वीकार गरेको समेत बताए । घटनाको थप अनुसन्धान भइरहेकोले आरोपितको परिचय खुलाउन नमिल्ने बताउँदै प्रवक्ता कार्कीले घटनाको थप विस्तृत खुल्ने क्रममा रहेको बताए ।