हेटौंडामा चक्कु प्रहारबाट एक जना घाइते
हेटौंडा । मकवानपुरको हेटौंडा २ मानसचोकमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा ५ सानोपोखराका दानीयल न्यौपाने रहेका छन् ।
सोमबार दिउँसो दुई जना साथीबीच झगडा हुँदा न्यौपानेमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।
घाइते न्यौपानेको सहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
उनले चक्कु प्रहार गर्नेको परिचय खुलिसकेको र थप अनुसन्धान भइरहेको हुँदा परिचय खुलाउन नमिल्ने बताए ।
उनले चक्कु प्रहार गर्नेको खोजी कार्य भइरहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस्: