सरकार बनाउने चाबी माओवादीको हातमा छ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनाउने चाबी माओवादीको हातमा भएको बताए । प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
“सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ,” उनले भने, “६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिएका छौँ सरकार त्यही बन्छ ।” यो निर्वाचन अपेक्षित नभएको बताए , उनले खतम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर बनाउन खोजे पनि स्थिति त्यस्तो नभएको बताए ।
मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताए । उनले त्यसका लागि सूचना तथा सञ्चारमाध्यमबाट मिडिया विषयवस्तु बनाएर त्यसको सही बजारीकरण गर्नसमेत आग्रह गरेका छन् ।
नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताए । उनले भने, “माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो जसको हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन ।”
माओवादी आन्दोलनका उपलब्धिहरूको रक्षा र संस्थागत गर्न आवश्यक भएको बताए । माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको र यसको रक्षा गर्ने दायित्व माओवादीको भएको पनि बताए ।
अन्तर्राष्ट्रिय गतिविधिको राम्रोसँग विश्लेषण गरी बहुध्रुवमा गएको विश्व परिघटना र अहिलेको जनमतलाई सही ढङ्गले बुझ्न र मुलुकलाई नयाँ शिराबाट लैजान प्रेस सेन्टरले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्: