नेकपा माओवादी पार्टी सदस्य साढे ८ लाख, भोट ११ लाख
काठमाडौं । नेकपा माओवादी केन्द्रले सक्रिय सदस्य संख्या देशैभर ८ लाख ५० हजार छ । देशैभरबाट सफ्टवेयर र हार्डकपीद्वारा भरिएको पार्टी सदस्य साढे ८ लाख छ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने समानुपातिक मत अहिलेसम्म ११ लाख ६२ हजार १२४ मत आएको छ । पार्टी सदस्यलाई मात्रै जोड्दा समेत ३ लाख १२ हजार १२४ मात्रै बढी मत आएको छ । एउटा पार्टी सदस्यले मात्रै एक जना मात्रै थपेको भए १६ लाख भन्दा बढी मत आउने थियो ।
पार्टी सदस्य भूमिका समेत कमजोर हुँदा समानुपातिकमा माओवादीको सोचोभन्दा कम मत आएको छ ।
कांग्रेस र एमालेको तुलनामा माओवादीको मत घट्ने प्रतिशत कम भएपनि गत चुनावको भन्दा यो पटक मत कम आएको छ ।
हरेक निर्वाचनमा माओवादीको मत घट्न थालेपछि माओवादी नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । पहिलो संविधानसभा २०६४ सालको चुनावमा माओवादीको प्रत्यक्षमा १२० सिट ल्याएर पहिलो दल भएको थियो । समानुपातिकमा ३१ लाख ४४ हजार २०४ मत ल्याएर १ सय सिट थपिएको थियो । दोस्रो संविधानसभा २०७० सालमा प्रत्यक्षमा २६ सिट मात्रै ल्याएर तेस्रो दल भएको थियो ।
समानुपातिकमा १४ हजार ३९ हजार ७२६ मत ल्याएर ५४ सिट मात्रै थपिएको थियो । २०७४ सालको चुनावमा प्रत्यक्षमा ३६ सिट जितेको थियो । एमाले माओवादी तालमेल गर्दा समेत माओवादीले प्रत्यक्षमा ३६ सिट मात्रै जित्न सफल भएको थियो । समानुपातिकमा १३ लाख ३० हजार ७२१ मत ल्याउँदा १७ सिट मात्रै थपिएको थियो ।
२०४८ सालको तत्कालीन माओवादी हागो संयुक्त जनमोर्चाले प्रत्यक्षमा ९ सिट जितेको थियो । त्यतिबेला समेत संयुक्त जनमोर्चा संसदको तेस्रो शक्तिको रुपमा उपस्थित थियो । पछिल्लो समय माओवादी मत घट्दै जाँदा तेस्रो शक्तिबाट दोस्रोमा उक्लिन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्: