Bagmati Samachar Logo

प्रचण्ड र सीके राउतबीच भेट, एकअर्कालाई दिए बधाइ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा दुई नेताले एकअर्कामा शुभकामना र बधाइ आदान(प्रदान गरेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छन् ।