गृहमन्त्री खाँणलाई हराउँदै रुपन्देही–३ मा राप्रपाका बोहोरा विजयी
काठमाडौं । रुपन्देहीको क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदवार दीपक बोहोरा विजयी भएका छन् ।
बोहोराले ३६ हजार ६ सय ४८ मत प्राप्त गरेर प्रतिस्पर्धी पाँच दलीय गठबन्धनबाट नेपाली कांंग्रेसका उम्मेदवार तथा बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका हुन् । खाँणले ३४ हजार ६ मत प्राप्त गरेका छन् । यसअघि ०७४ सालको निर्वाचनमा राप्रपा–कांग्रेस गठबन्धनबाट बोहोरालाई भोट मागेका खाँण यसपटक उनै बोहोराका प्रतिस्पर्धी बने ।
प्रतिक्रिया दिनुहोस्: